पुस -४
पाल्पामा कुलेमा लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामपुर नगरपालिका वडा नम्बर ६ विजयपुर वस्ने ३५ वर्षीय राजु पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारीका अनुसार घर नजिकै रहेको कुलोमा माछामारी घर फर्किने क्रममा कुलोको ढिस्को चढ्न खोज्दा कुलोमा पौडेल लडेका थिए। पौडेललाई कुलोमा लडिरहेको अवस्थामा स्थानीय बालबालिकाहरुले देखेर प्रहरीलाई खबर गरेका थिए।
अचेत अवस्थामा रामपुर अस्पतालमा पुर्याइएका पौडेललाई अस्पतालले मृत घोषणा गरेको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post