तिनमुखे पुल हेर्न आउनेहरुको सङ्ख्या बढ्दो

53
SHARES
439
VIEWS

फागुन-२६
चुरामणि तिमिल्सिना
पाल्पा , गुल्मी र स्याङ्जाको संगम स्थल विश्वकै धार्मिक पौराणिक एतिहासिक एवम् पर्यटकीय पबित्र तीर्थ स्थल कालीगण्डकी रुरु धाममा निर्माणको अन्तिम चरणमा पुगेको तिन मुखे झोलुङ्गे पुलमा दैनिक आन्तरिक तथा वाह्य पर्यटकरु आउने गरेका छन।

पछिल्लो समयमा सबै मिडिया फेस बुकहरुबाट प्रचारप्रसार भएको हुनाले यहाँ पुल हेर्न घुम्न, टिक टक बनाउन, भने कोहि भने यश पछीका यस् निर्माण सम्पन्न भएपछी यहाँको आय वृद्धि कसरी हुन सक्छ भन्ने जानकारी लिन आउने गरेको रुरुका सुन्दर कसजुले बताउनु भयो ।
हुनत झोलुङ्गे पुल नेपालमा अत्यधिक मात्रमा छन ती पुल भन्दा यो पुल तीन जिल्ला जोड्ने अनि एसियाको रुपमा पहिला बनेको हुनाले यहाँ यसरी पर्यटक बढेको जीवन कुमारी कसजुको धाराण छ ।

अझ यस पुलको काम नसकिदै पर्यटमा वृद्धि भएको छ भने पुल सम्पन्न भए। पछी भिउटावर कटेज धार्मिक होमस्टे संचालन गर्न सकेमा यहाँसोचे भन्दा बढी तिर्थ यात्रीहरु आउने स्थानिय व्यापारी खिम प्रसाद गौतमले बताउनु भयो ।

अब यहाँ पुल मात्र बनेर हुदैन पर्यटकलाई केही दिन घुमाउनको लागि ताल-तलैया , पिकनिक स्पोट , बाल उद्यान बजार सरसफाइ , विभिन्न स्थानमामा पर्यटक गाइड र दैनिक कालीगण्डकीमा आरती, आधुनिक सुबिधा सम्पन्न पाटी होटल, पौवा, धर्मशालाहरु बनाउन सकिने हो भने लुम्बिनी आउने अधिकांस पर्यटकहरु रुरुमा बास बसेर जाने क्राउन होटल संचालन गर्दै आउनु भएका नारायण ज्ञवालीले बताउनु भयो ।

यसो त यहाँ थुप्रै घुम्ने मठमन्दिर पनि नभएको हैनन तर पुरातात्त्विक सम्पदाको संरक्षण नहुनु, पुराना कलात्मक सामग्री हरुको भणडार नहुनु तथा सङ्रालयको अभाव हुनु यश क्षेत्रको दुर्भाग्य नै हो तर अबका समयमा पर्यटन प्रबर्द्धन लागि आवश्यक पुरना सामग्रीहरुको खोजी निति पनि गरिरहेको पुरानो पुस्ताकालयको संरक्षणको काम समेत अगाडी बढाउदै आयको उधोग बाणिज्य संघ रिडी शाखाका अध्यक्ष सुबर्ण लाल कक्षपतिले बताउनु भयो ।

यता रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष रामलाल बिकले रुरुधाम चार धाम भएकोले आउने पर्यटकलाई रुरु क्षेत्रका धार्मिक पौराणिक सांस्कृतिक सम्पदाको इतिहास झल्काउने ब्यानर वोर्डहरु पुस्तिकाहरु समेत प्रकाशन तथा वितरण गरिरहेको बताउनु भयो ।

कालीगण्डकीमा स्नान गरि भगवानको दर्शन गर्नाले पुनः जन्म लिन पर्दैन भन्ने विश्वासकासाथ रुरु धाममा भक्तजनहरु आउने गर्दछन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार