रिडिका युवा सुन्दर भण्डारी द्वारा १ नं वडा अध्यक्षमा उमेद्वारी घोषणा

86
SHARES
713
VIEWS

सुमन ढकाल,चैत ०९ गुल्मी।
स्थानीय तहको निर्वाचन नजिकिदै गइरहेको छ। पछिल्ला समय स्थानीय तहरुमा युवाको ठुलो भुमिका रहन थालिसकेको छ।

युवाको जोस र जागरका साथ राजनितिलाइ नयाँपनमा मौलादिएको छ। देश, जनताका लागी युवा नेतृत्वको भनाइ यतिबेला चर्चा मात्र होइन ठुलै भुमिका खेलिरहेको छ। लड्दै आएका पुराना नेतालाइ युवाले तर्साइदिएको छ।

यतिबेला रुरुक्षेत्र गाउँपालिका वार्ड नं १ मा युवाको नेतृत्व संगै सुन्दर भण्डारीले उमेद्वारी घोषणा गर्नुभएको छ।युवा संघ नेपाल रुरुक्षेत्र उपाध्यक्ष समेत हुनुभएका रिडि का भण्डारीले सामाजिक संजाल(फेसबुक) मार्फत उमेद्वारी दिने घोषणा गर्नुभएको छ। युवाको जोस जागर संगै अग्रजहरुले दर्साएको बाटोमा हिड्ने भण्डारीले बताउनुभयो ।
उहाले लेख्नुभएको छः
अग्रज र अनुभवले देखाएको बाटोमा अघि बढ्ने उदेश्य र लक्ष्यका साथ युवा मस्तिष्क बाट निस्कने नयाँ सोच र सपना नाडिमा रहेको तागतले सार्थक बनाउने प्रण का साथ रुरु गाउँ पालिका वार्ड न १ मा हामी युबाहरु परिबर्तनका सम्बाहक भएर नेतृत्व गर्ने तयार छौँ ।

अहिले भैरहेको बेतिथी बिसङगती , नाताबाद कृपाबाद र भ्रष्टाचारको विरुद्धमा समृद्ध गाउँपालिका बनाउन र जनतालाइ सुसासनको प्रत्याभूति दिन मैले आफ्नो वार्ड अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार