शिक्षकहरुको बढुवा हुने बाटो खुल्यो यति धेरै शिक्षकको आन्तरिक बढुवा हुने!

43
SHARES
358
VIEWS

क्याबिनेट बैठकले यो हप्ता शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरेसंगै शिक्षकहरुको आन्तरिक बढुवाको बाटो खुलेको छ ।

पाँच बर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाको प्रक्रियाको नियमावलीको ११ औं संशोधनसंग बाटो खुलेको हो ।

तीन हजार ३९८ शिक्षकको आन्तरिक बढुवा गर्ने तयारीमा शिक्षक सेवा आयोग जुटिसकेको छ । नियमावलीको १० औं संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको हुँदा उक्त प्रावधानलाई संशोधन गरी फरकफरक प्रावधानमा परीक्षा सञ्चालन गर्न आयोगले प्रस्ताव पठाएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

सूचना अधिकारी मरहठ्ठाका अनुसार नियम १८ मा आयोगमा लिइने परीक्षा र ३८ मा भएको प्रावधानलाई संशोधन गरी आन्तरिक प्रतियोगितामा विषयगत परीक्षाको प्रावधानलाई संशोधन गरी १०० पूर्णांकको लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा गरी जम्मा १२५ पूर्णांकको परीक्षाको व्यवस्था गर्ने गरी नियमावली संशोधन भएको हो ।आयोगले खुलातर्फ मावि र निमाविको विज्ञापन गरिसकेको छ ।

शिक्षकको आन्तरिक बढुवा, शिक्षक दरबन्दी र अध्ययन अनुमतिपत्रको विज्ञापन गर्न आयोगलाई शिक्षा मन्त्री देवेन्द्र पौडेलले यो हप्ता पनि निर्देशन दिएका छन् ।

आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको सङ्ख्या माग गरेको छ । रिक्त भएका शिक्षक पद सङ्ख्या प्राप्त भएमा यसै पटकको विज्ञापनमा थप गर्न सो माग गरिएको हो ।

अहिले जिल्लान्तर सरुवा हुँदैन

शिक्षकको जिल्लान्तर सरुवा तत्काल खुला नहुने भएको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत असोज १३ गते शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरेको थियो ।

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक बसन्तप्रसाद कोइरालाले भने, “तत्काल सरुवा खुला हुँदैन । समय लाग्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार