त्रिविका स्थगित भएका परिक्षा फागुनमा हुने !

66
SHARES
554
VIEWS

काठमाडौं/१७ माघ– त्रिभुवन विश्वविद्यालयले कोभिड संक्रमणका कारण स्थगित गरिएका परीक्षा पुनः सञ्चालन गर्ने तयारीमा रहेको जनाएको छ । विश्वविद्यालयले सञ्चालनको पूर्व तयारी अवस्थामा रहेका परीक्षाहरु फागुन महिनामा सक्ने गरी सञ्चालन गर्ने तयारीमा रहेको जनाएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिडका कारण स्थगित भएका पूर्व निर्धारीत परीक्षा सञ्चलनका लागि छलफल भइरहेको जानकारी दिए । उनले दुइ तिन दिन भित्रमा परीक्षा सञ्चालनको सूचना जारी गरीने बताए ।

जोशिका अनुसार सम्पन्न हुने क्रममा रहेका बाँकी परीक्षाहरु र सञ्चालनको पूर्व तयारी अवस्थामा रहेका कोभिड संक्रमणका कारण स्थगित भएका परीक्षाहरु फागुन महिनामा सक्नेगरी तालिका सार्वजनिक गर्न लागिएको बताए । उनले भने “स्थगित गरीएका लिन बाँकी रहेका सम्पुर्ण परीक्षाहरु फागुन महिनाम सञ्चालन गरेर सक्ने गरी तालिका सार्वजनिक गर्छों ।”

विश्वविद्यालयले कोभिड १९ को तिब्र संक्रमणका करण अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापक समेत संक्रमण भएका कारण सम्पूर्ण परीक्षाहरु सूचना जारी गरी स्थगित गरेको थियो । विश्वविद्यालय द्धारा संचालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु माग ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार