कालीगण्डकी गाउँपालिकामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

228
SHARES
113
VIEWS

यम सोमै

स्याङ्जा (भदौ – १९)कालीगण्डकी गाउँ पालिकामा आज थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित २८ वर्षीय पुरुष केही दिन अघि भारतबाट नेपाल आएका थिए। नेपाल आउने क्रममा पिसिआर परिक्षण गरि उनी नेपाल आएका थिए। भारतमा एक हप्ता अगाडी परीक्षण गर्दा उनको पिसिआर परिक्षणको नतिजा नेगेटिभ देखिएको थियो। गाउँ पालिकाले बनाएको स्वास्थ्य माप दण्ड अनुसार कालीगण्डकी गाउँ पालिकामा प्रबेश गरेका उनको पुनः तीन दिन अगाडी स्वाब सङ्कलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाइएको थियो। पोखरामा गरिएको पिसिआर परिक्षण भने आज पोजिटिभ आएको हो। आज थप एक जना गरि कालीगण्डकी गाउँ पालिकामा कोरोना संक्रमितको सङ्ख्या २० पुगेको जानकारी कालीगण्डकी गाउँ पालिकाका स्वास्थ्य शाखाका प्रमुख पदम प्रसाद पाण्डेयले दिनु भयो। कालीगण्डकी गाउँ पालिकामा १९ जना कोरोना संक्रमित निको भएर घर फर्कि सकेका छन् । स्याङ्जा जिल्लालाइ कोरोना संक्रमण मुक्त जिल्ला घोषणा गर्ने तयारी हुँदै गर्दा हिजो र आज गरि पुनः दुई जना कोरोना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार