भदौ -२३ कालीगण्डकी गाउँ पालिकामा कन्ट्याक्ट् ट्रेसिङमा परेका सवै जनाको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएको छ। गण्डकी प्रदेश बिधायन सभापति मोहन रेग्मीमा कोरोना संक्रमणको पुष्टि भए पछि उहाँको सम्पर्कमा आएका सवै व्यक्तिहरुलाइ कन्ट्याक्ट् ट्रेसिङ गरिएको थियो। कन्ट्याक्ट् ट्रेसिङमा परेका कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष सहित २१ जनाको स्वाब संकलन गरि परिक्षणको लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो। पिसिआर बिधि बाट गरिएको कोरोना परिक्षणमा गाउँ पालिकाका अध्यक्ष खिमा बहादुर थापा, कालीगण्डकी गाउँ पालिका नेकपाका अध्यक्ष कृष्ण लामिछाने , शिक्षा शाखाका प्रमुख भिम श्रेष्ठ , आलम देवी टेलिभिजनका प्रबन्ध निर्देशक दिपक विश्वकर्मा लगायत २१ जनाको कोरोना परिक्षणको नतिजा नेगेटिभ आएको हो। हाल कालीगण्डकी गण्डकी गाउँ पालिका वडा नम्बर ६ का एक जना मात्र संक्रमित उपचाररत छन् । बाकी अन्य १९ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
Discussion about this post