गरिमा बिकास बैंक बिर्घा द्वारा राहत रकम हस्तान्तरण।

549
SHARES
146
VIEWS

जि.के.पाण्डेय

स्याङ्जा ,भदौ- २५ गत असार ३० गते काली गण्डकी गाउँ पालिका वडा नं ४ खहरेमा गएको भिषण पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति चिर शान्तिको कामना गर्दै गरिमा महिला समुह काली गण्डकी ४,खहरेका सदस्यद्वय स्व.टिका बहादुर थापाको श्रीमति जिन्ता थापा र स्व.गिमान सिं थापाको श्रीमती बिस्नु थापालाई एक कार्यक्रमका बिच गरिमा बिकास बैंक बिर्घा शाखाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत राहत रकम हस्तान्तरण गरेको छ।
रकम हस्तान्तरण गर्दै गरिमा बिकास बैंक बिर्घाका शाखा प्रबन्धक दामोदर पाण्डेयले सुख अनि दुःख जस्तोसुकै परिस्थितिमा गरिमा बिकास बैंक सँगै रहेको र संस्थाको लघुबित्त कार्यक्रमका सदस्यको परिवार पहिरोमा परि दुःखद निधन भएको यस अवस्थामा बैंकको तर्फबाट राहत बितरण गरेको बताउनु भयो।
स्थापनाको छोटो अवधिमै देशभर शाखा बिस्तार गरी बिभिन्न किसिमका उद्यमीहरुलाई सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्न सफल यस बैंकको शाखा कार्यालय बिर्घामा स्थापना भए सँगै समग्र काली गण्डकी गाउँ पालिका सँगै यस सँग सिमाना जोडीएका प्रदेश नं ५ अन्तर्गतका जिल्लाहरु गुल्मी र पाल्पाका केहि क्षेत्रका जनताहरु पनी बैंकको सानो कामले गल्याङ्ग,वालिङ्ग धाउनुपर्ने समस्याबाट मुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार