दिप प्रज्वलन गरि स्याङ्जामा संविधान दिवस मनाइयो

17
SHARES
140
VIEWS

असोज -३ ,स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा दिप प्रज्वलन गरि संविधान दिवस मनाइएको छ। कोरोना भाइरसको संक्रमणको कारणले कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगरिए पनि कालीगण्डकी गाउँ पालिकाको कार्यलय प्राङ्गणमा नेपालको नक्सा बनाइ दिप प्रज्वलन गरि मनाइएको कालीगण्की गाउँ पालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले बताउनु भयो।

यस्तै गरि स्याङ्जा जिल्लामा बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीको कारणले विशेष औपचारिक कार्यक्रमको आयोजना नगरिएको प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीले बताउनु भयो। स्याङ्जा जिल्ला प्रशासनले हिजो , आज र भोलि गरि तीन दिन सम्म संविधान दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गरि मनाउन आग्रह गरेको छ।

चापाकोट नगर पालिका वडा नं ८ चाैराहामा पनि बिभिन्न राजनैतिक दलका कार्यकर्ता र समाजका सचेत नागरिकहरु भेला भै सयुक्त रुपमा संबिधान दिवस २०७७ दीप प्रज्वलन गरि मनाईएको जानकारी चापकोटबाट राजन भट्टराईले बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार