स्याङ्जाको बिर्घामा पहिरोमा परि एक जनाको मृत्यु

13
SHARES
108
VIEWS

असोज -८, अविरल बर्षाको कारण स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर ४ गौतम टोलमा पहिरो जादा एक जनाको मृत्यु भएको छ। पहिरोमा परि गौतम टोलका बिष्णु दमैको मृत्यु भएको कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले बताउनु भएको छ। । अहिले पनि अविरल वर्षा भैरहेकोले आफू घट्ना स्थलमा जाँदै गरेको कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले बताउनु भयो। आफ्नै घरमा सुतिरहेको बेलामा राती एक बजेको समयमा घर माथी बाट पक्की पर्खाल झर्दा घर पुरिएर उनको मृत्यु भएको हो। स्थानीय बासिन्दा तथा सुरक्षाकर्मिहरुले आज बिहान मृत अवस्थामा शब निकालेका थिए । घरका अन्य परिवारका सकुशल रहेका छन् । जगत बहादुर नेपाली (दमै )र बाबुराम नेपाली(दमै)को घरहरु पूर्णरुपमा च्यापिएको छन् । घट्ना करिब १ बजे तिर घटेको र मृतक १६ वर्षीया बिष्णु दमैको शब च्यापिएको अवस्थामा निकालिएको स्थानीय यादव पाण्डे सुन्दरले बताउनु भयो। कालीगण्डकी गाउँ पालिकामा यस भन्दा अगाडि असार ३० गते पहिरोमा परि ३ जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार