स्याङ्जा -असोज -८, स्याङ्जा जिल्ला प्रशासन कार्यलयले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै विद्यालय, क्याम्पस लगायत शैक्षिक संघसंस्था तथा परीक्षा संचालनका लागि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न आग्रह गरेको छ। कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै स्याङ्जा जिल्लामा बिद्यालय संचालन गर्नमा रोक लगाइएको हो। जिल्लामा कोरोना कोरोना संक्रमण अवस्था बढ्दो क्रममा रहेकोले प्रत्यक्ष सिकाइ विधि अवलम्बन नगर्न भनिएको छ। स्याङ्जाका केही निजि तथा सरकारी बिद्यालयहरुले नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले भदौ २९ मा जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बिपरित प्रत्यक्ष सिकाइ विधि अवलम्बन गरिएको भन्दै उक्त कार्य नगर्न सुचित गरेको छ। निर्देशिका बिपरित कार्य गरिएमा कार्वाही समेत हुने प्रेस बिज्ञप्तिमा उल्लेख छ।
Discussion about this post