स्याङ्जा : १२ असोज , तानसेन रानीमहल सडक खण्डको पिचको काम तिव्र गतिमा भइरहेको छ।अहिले सडको कटिङ,बाल,नाली र ग्राबेलको काम निकै दुर्त गतिमा भैइ राखेको छ र तानसेनको बतासेडाँडा देखि अवलसम्म पिच भैसकेको छ।
हाल अवल देखि रानीमहलसम्मनै कालोपत्रे गर्नै गरि काम जारी रहेको छ। कटिङ बाल र नालीको काम भैरहदा ठुला साना गरि ५ डोजर, टिपर, टेक्टर र अन्य साधन गरि करिब १५ वटा मेसिनरी समान र करिब १०० भन्दा बढी जनशक्ति निरन्तर लागि परेको छ।
नेपालीहरूको महान् चाड बडा दशैं अगाबै रानीमहलसम्मको कटिङ वाल नाली र ग्रावलको काम सक्ने लक्ष्य रहेको रानीमहल सडक खण्डका साइड इन्चार्जले जानकारी दिनुभयो।
Discussion about this post