वालिङमा कोरोना संक्रमितको मृत्यु पछि पिसिआर नेगेटिभ

20
SHARES
168
VIEWS

असोज- १३, स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ४ मा क्वारेन्टिनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ। सोमबार बेलुका क्वारेन्टिनमा रहेको अवस्थामा करिब नौ बजे तिर ४३ वर्षीय एक पुरुषको मृत्यु भएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनु भयो। उपचारको क्रममा भारत गएका उनलाइ असोज ५ गते नेपाल ल्याइएको थियो। नेपाल आउँदा उनको स्वास्थ्य अवस्था गम्भीर रहेकोले उनको स्याहारसुसारमा सहजीकरणको लागि सुन्तला वारि सामुदायिक होमेस्टे भवनमा उनलाई राखिएको थियो। उनी मृगौला रोग बाट ग्रसित रहेका नगर स्वास्थ्य प्रमुख पाण्डेले बताउनु भयो । उनी भारत बाट वालिङ आएकै दिन उनको स्वाब संकलन गरि परिक्षणको लागि पोखरा पठाइएको थियो । सात गते उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो। कोरोना संक्रमणको पुष्टि भए पश्चात् उनको अवस्था नाजुक भएकोले आइसोलेसनमा राखी उपचार गरिदै आएको थियो। मृगौला रोगबाट ग्रसित मृतकको हिजो ५ बजे पुनः स्वाब संकलन गरिएकोमा नौ बजे उनको मृत्यु भएको थियो। उनको मृत्यु पश्चात् शब व्यवस्थापनको लागि पोखरा पठाइएको नगर स्वास्थ्य प्रमुख पाण्डेले बताउनु भयो । आज उनको पिसिआर नेगेटिभ आए संगै उनको शब व्यवस्थापनको लागि आफन्त तथा स्थानीयको सल्लाह अनुसार नगरपालिकाले नगरप्रमुख तथा वडा अध्यक्षको उपस्थितिमा गाउँभन्दा टाढा गुरुङ मृत्यु संस्कार अनुसार उनको शव डोजर लगाएर अन्त्योष्ठि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार