माघ-२७
स्याङ्जा । स्याङ्जामा प्रहरीले एक जनालाई अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको हरिनास गाउँपालिका वडा नम्बर ३ बलाम्दी बस्ने ४० वर्षका तुल बहादुर राना रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यलय चिसापानीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले राना मगरको घरलाई खानतलासी गर्दा एक थान भरुवा बन्दुक र ३१ वटा सिसाका छर्राहरु फेला परेेेको थियो। भरुवा बन्दुक र छर्रालाई बरामद गरि तुल बहादुरलाई हातहतियार तथा खरखजना सम्बन्धि कसुर मुद्दा दर्ता गरि जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भैरहेको राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
Discussion about this post