मिर्मि-धारापानी सडक खण्ड कालोपत्रे गर्ने कार्य तीब्र

48
SHARES
396
VIEWS

असोज -१५, स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा पर्ने मिर्मीको मिलन चोक देखि धारा पानी सम्मको सडक कालोपत्रे गर्ने कार्य तिब्ररुपमा अघि बढेको। सडक कालो पत्रे गर्नको लागि आज देखि आठ दिन सम्म मिर्मी – बिर्घा सडक खण्ड बन्द गरि काम अघि तीब्र रुपमा बढाइएको सडक निर्माणको लागि जिम्मा लिएको निर्माण कम्पनी गजुरमुखी कबिन्द्र निसान जेभीका प्रमुख खिमा नन्द भट्टराईले बताउनु भयो। सो सडक खण्ड कार्तिक मसान्त सम्म कालो पत्रे गरि सक्ने लक्ष्य रहेको भट्टराईले बताउनु भयो। सडक निर्माणलाई थप मजबुत बनाउनको लागि आफुहरुले सडक नै बन्द गरि काम गर्न लागेको भट्टराईले बताउनु भयो । आठ दिन पछि पुन: १०/१२ दिनको लागि बाटो खुला गरिने तत्पश्चात पुनः कालो पत्रे गर्ने कार्य अघि बढाइने निर्माण कम्पनीले बताएको छ। कालीगण्डकी गाउँ पालिकामा हाल तीन खण्डमा गरि मिर्मि देखि रिडि सम्मको सडक खण्ड कालो पत्रे गर्ने कार्य तिब्र रुपमा अघि बढेको छ। मिर्मीको मिलन चोक देखि धारापानीसम्म गजुरमुखी कबिन्द्र निसान जेभीले , धारापानी देखि वैघा हुँदै रानीमहल सम्म सन्तोषी निर्माण सेवाले र वैघा देखि रिडि सम्मको सडक निर्माणको जिम्मा सगुन क्रन्स्ट्रकसनले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार