स्याङ्जा – १६ – असोज स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ गाैतमटाेलमा गत ८ गतेको पहिरोको कारण विस्थापित दुइ घर परिवारलाइ नयाँ घर बनाउन प्रति परिवार रु दुइ लाख पचास हजार सहयाेग गर्ने गाउँपालिकाका अध्यक्षले जानकारी दिनुभएको छ।
साेहि दिन पहिरोमा परि ज्यान गुमाएका बाबुराम दमाईका छाेरा विष्णु दमाईकाे काजक्रिया गर्नका लागि गाउँपालिकाले तीस हजार रुपैयाँ हस्तान्तरण गरेको छ।
काजक्रिया खर्च स्वरूप रु ३०, ०००/- गाउँपालिका अध्यक्ष खिम बहादुर थापा र उपाध्यक्ष सावित्रा कोइरालाले हस्तान्तरण गर्नुभएको हो। राहत हस्तान्तरण कार्यक्रममा गाउँपालिका प्रमुख थापा , उपप्रमुख काेइराला र प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवाली लगायत अन्य कर्मचारी तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको रहेको थियो।

Discussion about this post