असोज-२० गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । यसरी थपिनेमा गोरखाको बारपाक सुलिकोट–६ की वर्ष ४५ र नवलपरासी वर्दघाट सुस्ता पूर्वको कावासोती–५ की ७७ वर्षकी महिला रहेका छन् । मृर्गौला सम्बन्धी समस्याबाट ग्रसित गोरखाकी ४५ वर्षिया महिलाको काठमाण्डौंको बयोधा अस्पतालमा १६ गते मृत्यु भएको थियो ।
यस्तै कावासोतीकी ७७ वर्षिया बृद्धाको मंगलबार राती ३ बजेर ४५ मिनेटमा चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । पिसाव तथा स्वासप्रस्वासमा समस्या भएपछि गत १६ गते अस्पताल भर्ना भएकी उनमा १८ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । अस्पतालको आइसियूमा उपचारत उनको गएराती मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ३६ जनाको मृत्यु भएको छ ।
Discussion about this post