सम्पादकीय : कालीगण्डकी गाउँपालिकाले मुहार फेर्दै

44
SHARES
364
VIEWS

कालीगण्डकी पोष्ट असोज-२०, स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका मुहार फेर्ने क्रममा रहेको छ। विकासका पूर्वाधारहरुको मापदण्डमा पर्ने शिक्षा , स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा तीब्ररुपामा परिवर्तन आएकोले कालीगण्डकी गाउँपालिका सुगम बन्ने क्रममा रहेको छ। सडक निर्माणका क्षेत्रमा पनि गाउँपालिकामा मिर्मीको मिलन चोक देखि रिडी सम्मको सडक खण्डलाई तीन खण्डमा विभाजन गरि कालो पत्रे गर्ने कार्य तीब्र रुपमा अघि बढेको छ। मिर्मीको मिलन चोक देखि धारापानी सम्म गजुरमुखी कबिन्द्र निशान जेभी , धारापानी देखि वैघा हुँदै रानीमहल सम्म सन्तोषी निर्माण सेवा र वैघा देखि रिडीसम्म सगुन कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ। तीनै वटा निर्माण कम्पनीले सडक कालो पत्रे गर्ने कार्य तीव्रताका साथ अघि बढाएको छ।

यस्तै गरि कालीगण्डकी गाउँपालिकाले पहिरोको कारण जो -कसैको पनि घर भत्किएमा वा विस्थापित हुन परेमा आवास पुनः निर्माणको लागि रु २ लाख ५० हजार प्रदान गर्ने निर्णय समेत गरिसकेको छ। हाल पहिरो पीडित पाँच घर परिवारलाई उक्त रकम प्रदान गर्ने सिफारिस भएको छ। यस बाट बिपत्तिको बेलामा गाउँपालिका साथ दिएको महसुस भएको छ।

वडा नम्बर १ मा निर्माणाधीन स्वास्थ्य चौकी भवन

कालीगण्डकी गाउँपालिका वडा नम्बर एकमा हाल अत्यन्तै असहज र साँघुरो ठाउँ बाट संचालन स्वास्थ्य चौकी संचालन भैरहेको छ। हाल निर्माणाधीन भवन निर्माण कार्य सम्पन्न भए पश्चात् यस वडाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आउने देखिएको छ। सामान्य स्वास्थ्य समस्या आएमा अन्यत्र जानुपर्ने अवस्थाबाट यस क्षेत्रका जनता मुक्त हुने अपेक्षा गरिएको छ। वसोवासको लागी चाहिने अत्यन्तै आवश्यक पर्ने सुबिधा मध्ये खानेपानी पनि एक हो। हाल गाउँ पालिकामा विभिन्न खाने पानी योजना बाट स्थानीय वासी लाभान्वित भएका छन् । हाल किपट- छिस्दी खाने पानी योजना निर्माणाधीन अवस्थामा रहेको छ। यस बाट एक गाग्री पानी लिनको घण्टौ समय खर्चिने पर्ने अवस्था टरेको छ।

कालीगण्डकी गाउँपालिका १ जोगि डाँडामा जडान गरिएको सोलार बत्ती

यस्तै गरि संचार जगतमा कालीगण्डकी गाउँपालिकाले फड्को मारेको छ। हाल कालीगण्डकी गाउँपालिकामा स्याङ्जा मिडिया दर्पण मिडिया प्रालि द्वारा संचालित अनलाइन न्युज पोर्टल कालीगण्डकी पोष्ट डटकम र कालीगण्डकी ब्रोडकास्टिङ मिडिया प्रालि द्वारा संचालित आलम देवी टेलिभिजन संचालनमा रहेका छन् । कालीगण्डकी पोष्ट डटकमले नियमित रुपमा स्थानीय देखि राष्ट्रिय गतिविधिहरुको नियमित अपडेट गरिरहेको छ। हाल ईन्टरनेट प्रदायक संस्थाहरुपनि आफ्नो सेवा विस्तार गर्ने क्रममा रहेका छन् । हाल कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवन निर्माणाधिन अवस्थामा रहेको छ।

कृषि क्षेत्रमा पनि गाउँपालिकाले उल्लेखनीय कार्य गरेको छ। कृषि पेशामा आवद्ध हुन चाहने कृषकहरुलाई आर्थिक अनुदानको पनि व्यवस्था गरेको छ। यस बाट कृषि पेशामा लागेर केही गर्न चाहने युवाहरुलाई उर्जा थपेको छ। उन्नत जातका बिउबिजन , बंगुर बाख्राका बच्चा , आधुनिक कृषि औजार हरु तथा कृषिका लागि चाहिने आवश्यक स्रोत सामग्री हरु पनि गाउँपालिकाले उपलब्ध गराउदै आएको छ।

यी सवैका विच गुल्मी र स्याङ्जा जोड्ने पुल बिगत केही वर्ष देखि निर्माण कार्य सुरु भए पनि मोटेरेबल पुल निर्माण कार्यले गति लिन सकेको छैन। काम निरन्तर भए पनि यो पुल निर्माण हुन अझ कम्तीमा पनि एक वर्ष लाग्ने देखिन्छ। यो पुलको निरिक्षण स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीले गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार