भूपराज बस्याल / स्याङ्जा
जिल्ला आए लगत्तै एकैदिनमा ४८ जनासम्म फरार प्रतिवादी पक्राउ गरेर स्याङ्जाको इतिहासमा नौलो रेकर्ड राख्न सफल प्रहरी प्रमुख होबिन्द्र बोगटीले फरार अपराधी पक्राउ गर्ने र कानुनको दायरामा ल्याउन अभियान कै रूपमा काम गरेको बताउनुभएको छ ।
बर्षौ देखि अपराध गरेर समाजमा निर्भीक भएर हिड्दा समाजमा नकारात्मक भाव पैदा हुने भन्दै अपराध गरेर पनि उन्मुक्ति पाइदो रहेछ अथवा प्रहरीले पक्राउ गर्दो रहेनछ भन्ने सोचाइ बिकास हुन सक्ने भन्दै यस्तो अभियान चलाएको नेपाल समाचारपत्रसंग कुराकानी गर्दै बोगटीले भन्नुभयो । जिल्लामा हुने दृश्य वा अदृश्य अपराधका लागि स्याङ्जा प्रहरी कडाइका साथ प्रस्तुतहुने उहाँको भनाइ थियो ।
राजनीति खिचातानीका कारण यस अघिका केहि प्रमुख बिबादास्पद जस्तो देखिए पनि आफुले कुनैपनी राजनीतिक दबाब प्रभाव नमान्ने बोगटी तर्क थियो । मैले अहिलेसम्म राजनीतिक दबाब महसुस पनि गरेको छैन त्यस्तो दबाब आएको पनि छैन । कुनै राजनीतिक दबाब प्रभावमा रहेर स्याङ्जा प्रहरीले काम नगर्ने उहाँले ठोकुवा गर्नुभयो । व्यबहारमा शिष्टता र सरलता अपनाएर काम गर्ने पनि उहाँले बताउनुभयो ।
काठमाडौ प्रहरी परिसर टेकुमा बस्दा अब्बल प्रहरी अधिकृतको छवि बनाउनु भएका एवम् महानगरीय अपराध महाशाखामा समेत काम गरेको राम्रो अनुभव बटुलेर स्याङ्जा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै स्याङ्जा जिल्ला आउनु भएका बोगटीले यहाँका अपराधीक क्रियाकलापमा सक्रिय फरार अभियुक्तलाई पक्राउ गर्ने काममा तिब्रता दिनुभएको छ । हामीसंगको कुराकानीमा उहाँले कानुन कार्यनयनमा निर्मम र कठोर तरिकाले प्रस्तुत हुने भन्दै पुराना मुद्दाको अनुसन्धान गर्ने र फरार अपराधीलाई कानुनको दायरामा ल्याउन लागि परेको बताउनुभयो । उहाँ भन्नुभयो जसले अपराध गरेको छ त्यसलाई कानुनी दायरा ल्याउनु पर्छ ।
यसै सन्दर्भमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति कुमार रानाले कानुनी राज्यको संरक्षण गर्न प्रहरीको प्रमुख भुमिका हुने हुँदा हाल स्याङ्जा जिल्ला प्रहरीले कानुनी राज्यको अनुभुति हुने गरि काम गरेको बताउनुभयो । कुनै पनि राजनीतिक दलले प्रहरीलाई राजनैतिक दबाब राख्न नहुने भन्दै नेपाली काङ्ग्रेसको तर्फबाट कुनै दबाब नहुने कुरा व्यक्त गर्नुभयो ।
कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे ‘पारस’ ले पछिल्लो समय स्याङ्जा प्रहरी सुशासन कायम गर्न तिर लागे हुँदा प्रहरीलाई सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
Discussion about this post