स्याङ्जा -२२ , वालिङ नगरपालिका वडा नम्वर १३ मा नर्सरी व्यवस्थापन तथा तरकारी खेती सम्वन्धी तालिम सम्पन्न भएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत वडा नम्वर १३ कटौंजेका कृषकहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।
स्थलगत रुपमा नै गरिएको प्रशिक्षण कार्यक्रममा समुहको लागि सामुहिक रुपमा नर्सरी समेत राखिएको थियो ।कार्यक्रममा दियालो संस्थाका सहसचिव सीता गैह्रे, समाजसेवी बालानन्द डुम्रे,अगुवा कृषक गणेश डुम्रे,टिकाराम घर्ती र शुक्र बहादुर जिटी लगायतले बोलेका थिए । कार्यक्रममा कृषि प्राबिधिक शोभाकान्त पाण्डे र बिष्णु प्रसाद न्यौपानेले प्रशिक्षण दिएका थिए ।
Discussion about this post