मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुरु द्वारा खेलाडी हरुलाइ खेलकुद सामग्री हस्तान्तरण

13
SHARES
106
VIEWS

चिरञ्जीवी ज्ञवाली
असोज २२ गुल्मी जिल्ला मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुरु क्षेत्र गाउँपालीका द्वारा खेलाडी हरुलाइ खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।
यस क्षेत्र समाज सेवि तथा नेकपा गुल्मिका सचिवालय सदस्य हिमाल श्रेष्ठको विशेष पहल मा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रातामाटा मा रहेको श्री नवदुर्गा युवा क्लब का खेलाडी हरुलाइ खेलकुद सामाग्री हरु (भलिबल तथा भोलिबल नेट ) हस्तान्तरण गरेको छ ।
क्लब का खेलाडी हरुले आफुहरु लाई खेलकुद समाग्री नभएको ले आफुहरुले खेल खेल्न बाट बन्चित रहेको बताए पछि स्पोर्ट्स एकेडेमिले यस क्षेत्रका समाज सेवि हिमाल श्रेष्ठ लाई पहल गरिदिनुहुन आग्रह गरेको थियो ।
उक्त अनुरोध लाई सुन्ने बित्तिकै नेता हिमाल श्रेष्ठले विशेष पहल गरिदिनु भएको क्लब सचिव प्रकाश भट्टराई ले जनाउनु भयो ।
नवदुर्गा युवा क्लब का अध्यक्ष दिपेस कुवर ले आफ्नो समस्य लाई विशेष चासोका साथ पहल गरि सौजन्य गर्नु भएको मा नेता श्रेष्ठ र एकेडेमी लाई धन्यवाद प्रर्कट गर्दै कुवर ले क्वल र खेलाडी दुबैलाई निकै हौसला मिलेको बताउनु भयो ।
खेलकुद समाग्री हस्तान्तरण कार्यक्रममा विशेष पहल गरिदिनुहुने समाजसेवि हिमाल श्रेष्ठ ,मदन भण्डारी स्पोर्ट्स एकेडेमी गुल्मी का उपाध्यक्ष नवराज बि क ,मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुरुक्षेत्र गाउँपालिका अध्यक्ष चिरञ्जीवी ज्ञवाली , राष्ट्रिय युवा संघ नेपाल गुल्मीका जिल्ला सदस्य प्रेम भण्डारी ,साजसेवी तथा क्लब का संस्थापक अध्यक्ष राजेन्द्र ज व रा ,युवा हरु राजु चंन्द ,सुशील के सि तथा युवा खेलाडी र सदस्य हरु उपस्थित हुनुहुन्थ्यो ।
यसरी स्थानीय रुपमा लुकेर रहेका प्रतिभा कदर गर्दै ,उनिहरु लाई खेल्दै र खेलाउदै राष्ट्रिय खेलाडी उत्पादन गर्नु नै एकेडेमी को प्रमुख उद्देय हो । झ्वाट्ट हेर्दा मदन भण्डारी स्पोर्ट्स एकेडेमी राजनैतिक संस्था जस्तो देखिएता पनि ,संस्थाले खेलाडी हरु लाई कुनैपनि किसिमको राजनैतिक गतिविधि भने गर्दैन ,केवल एकेडेमी को प्रमुख उद्देश्य नै खेलाडी लाई हौसला दिनु र राष्ट्रको खेलाडी उत्पादन गर्ने गरेको पहल कर्ता हिमाल श्रेष्ठ ले बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार