स्याङ्जामा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु

17
SHARES
141
VIEWS

असोज -२३, स्याङ्जामा बस र मोटरसाइकल ठोकिदा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। सिदार्थ राजमार्ग अन्तर्गत भिरकोट नगरपालिकाको वडा नम्बर १ दार्सिङमा ग १ क ४३७० नम्बरको बस र ग १३ प २८१४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका भीरकोट नगरपालिका ३ घर भइ कपिलवस्तुमा वस्दै आएका ३१ वर्षिय गुप्त बहादुर खत्री र भीरकोट ३ नै घर भइ वालिङमा वस्ने ५५ वर्षीया ढाल बहादुर रानाको उपचारको क्रममा कालीका सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो । दुवै सवारी साधन र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार