वालिङका कृषकद्वारा बजार व्यवस्थापनको माग

13
SHARES
109
VIEWS

असोज -२५ ,वालिङ नगरपालिका वडा नम्बर १४ का कृषकहरुले आफूहरुले जतिपनि उत्पादन गर्न सक्ने भन्दै बजारको व्यवस्थापन गरिदिन माग गरेका छन् । वालिङको दक्षिणी भेग पर्वतको सिमानामा व्यवसायीक रुपमा कृषी कर्म गर्दै आएका कृषिकहरुले बजारको अभावमा समस्या उत्पन्न भएको बताएका छन्। कोरोना महामारीका कारण आफूहरु प्रभावित भएको दुखेसो गरेका छन् । व्यवसायिक खेती सम्बन्धि तालिम तथा कृषि औजार हस्तान्तरण कार्यक्रममा बोल्दै उनीहरुले आफूहरु विकट गाउँमा रहेकोले सहि समयमा बजार र आवश्यक प्राबिधिक तथा अन्य सहयोग पाउन नसकेको गुनासो गरेका छन् । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा संचालित ” कोभिड १९ उद्वार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना ” अन्तर्गत उत्पादन बढाउने उदेश्यका साथ स्थलगत रुपमा नै प्रशिक्षण कार्यक्रम संचालन गरिदै आएको छ। सो अवसरमा वालिङ नगरपालिका कृषि शाखाका प्रमुख केश बहादुर थापा , वालिङ नगरपालिका वडा १४ का समाजसेवी तथा युवा नेता राजु कुवँर , दियालो युएनडिपिका फिल्ड अधिकृत गंगा खनाल( राजु) , स्थानीय बिद्यालयका प्रधानाध्यापक धन बहादुर हमाल , हरियाली सुन्तला उत्पादन सहकारीका अध्यक्ष गीर बहादुर खाम्चा लगायतले बोलेका थिए। ४० जना कृषकहरुको सहभागिता रहेको तालिममा केश बहादुर थापा र शोभाकान्त पाण्डेले प्रशिक्षण दिनु भएको थियो। स्थलगत रुपमा नै गरिएको प्रशिक्षण कार्यक्रममा स्थानीय समूहको लागि सामूहिक रुपमा नर्सरी समेत राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार