असोज- २७ केही समय देखि स्याङ्जामा कोरोना संक्रमित थपिने क्रम न्यून भएको थियो। तर आज एकै पटक स्याङ्जामा १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुने सवै चापाकोट नगरपालिकाका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ।१० जना पुरुष र ४ जना महिला गरि १४ जना एकैपटक कोरोना संक्रमित थपिए संगै कोरोना संक्रमण पुनः समुदाय स्तरमा फैलिएको छ। यस्तै गरि संक्रमित थपिएका अन्य जिल्लाहरु कास्कीमा १८ जना र लमजुङमा दुई जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ५००५ पुगेको छ। तिनवटै जिल्लाका संक्रमित सवै कन्ट्याक्ट् ट्रेसिङ मार्फत पहिचान भएका हुन् ।
Discussion about this post