स्याङ्जाको चापाकोटमा एकै पटक चौध जनामा कोरोना संक्रमण

12
SHARES
103
VIEWS

राजन भट्टराई -असोज-२७ स्याङ्जामा पछिल्लो चरणमा कोरोना संक्रमितको सङ्ख्या घट्दै गैरहेको बेला आज एकै पटक १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्याङ्जाको चापाकोट नगरपालिकामा आयोजना गरिएको आँखा शिबिरमा सहभागी भएकाहरु मध्य कोरोना संक्रामित पनि सहभागी भएको पुष्टि भएको थियो। तत्पश्चात कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको हुन सक्ने भन्दै असोज २४ गते ३९ जनाको स्वाब संकलन गरिएको थियो। ३९ जना मध्य १० पुरुष र ४ महिला सहित १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयपोखराले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ। ३९ जना मध्य १४ जनामा कोरोना संक्रमण देखिएकोले संक्रमितको सङ्ख्या अझ बढी भएको अनुमान गरिएको छ। कोरोना संक्रमण रोकथामको लागि आवश्यक कदम नचालिए थप गम्भीर अवस्था आउन सक्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार