चापाकोट नगरपालिकामा अत्यावश्यक सेवाका बाहेक सवै सेवा बन्द

12
SHARES
96
VIEWS

राजन भट्टराई असोज -२७ स्याङ्जाको चापाकोट नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सवै सेवा बन्द गरेको छ। प्रदेश जनस्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराबाट जारी गरिएको रिपोर्टका आधारमा चापाकोट नगरपालिकाका १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। कोरोना संक्रमण समुदाय स्तरमा थप फैलन सक्ने उच्च जोखिम रहेको नगरपालिकाले ठहर गर्दै चापाकोट नगरपालिकाले नगरपालिका क्षेत्रअन्तर्गतका बजार क्षेत्रमा अत्यावश्यक सेवाका बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ। साथै जोखिम न्यूनीकरणको लागि अर्को सूचना जारी नभए सम्म चापाकोट नगरपालिका अन्तर्गतका सवै वडा हरु स्वास्थ्य सेवाका काम बाहेक योजन , दैनिक प्रशासनिक काम, बिद्यालय , संघ संस्थाहरु , बैंक तथा बित्तीय संस्थाहरु बन्द हुने जानकारी दिएको छ । बजार क्षेत्रमा अत्यावश्यक काममा बाहेक बाहिर हिडडुल नगर्न नगरपालिकाले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार