असोज-२८ , स्याङ्जामा प्रहरीले ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा मदिराको कच्चापदार्थ बरामद गरि नष्ट गरेको छ। समुदाय -प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत असोज २७ र २८ गते जिल्ला प्रहरी कार्यलय स्याङ्जा र मातहतका प्रहरी चौकी फेदिखोलाबाट खटिएको अधिकृत सहितको टोलिले अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ र प्लास्टिकका ड्रमहरु नियन्त्रणमा लिइ अवैध मदिरा र कच्चापदार्थ नष्ट गरिएको हो। स्थानीय जनप्रतिनिधि र भद्रभलाद्मिहरुको रोहवरमा फेदिखोला गाउँपालिकाको वडा नम्बर २ माथिल्लो खड्केटारीमा अवैध मदिरा ३० लिटर र मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ २९७० लिटर नष्ट गरिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो। साथै कच्चापदार्थ राख्न प्रयोग गरिएको २० थान भाडावर्तन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस्तै गरि असोज २८ गते फेदि गाउँपालिकाकै वडा नम्बर दुई तल्लो खड्केटारीमा पनि अवैध मदिरा बनाउने भट्टीहरुबाट ८०० लिटर कच्चापदार्थ पदार्थ बरामद गरि नष्ट गरिएको जानकारी जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनु भयो। समाजमा बढ्दो घरेलु हिंसा ,झै-झगडा न्यूनीकरणको लागि साथै नजिकिदै गरेको हिन्दुहरुको महान् चाडपर्वकोसमयमा शान्ति सुरक्षालाई मजबुत बनाउनको लागि अवैध घरेलु मदिरा नियन्त्रण कार्यक्रमलाई तीव्रता दिइएको र यो कार्यक्रमलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ।


Discussion about this post