भिरकोटमा ट्याक्टर दुर्घटनामा परि एकको मृत्युु , एक जना घाइते

20
SHARES
166
VIEWS

कार्तिक -१, स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ३ साम्दी भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । आज बिहान १० बजेको समयमा वडा नम्बर ३ साम्दीको भित्रि कच्ची सडकमा ट्याक्टर अनियंत्रित भइ पल्टिएको र सोही ट्याक्टरको इन्जिनले च्यापिएर २० वर्षका बिपिन जिटिको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता एबम सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारले बताउनु भयो। मृतकको शब हाल पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रबक्ता एबम प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनु भयो । अधिकारिका अनुसार सोही दुर्घटनामा परि १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन् । घाइतेको हाल जिल्ला अस्पताल स्याङ्जामा उपचार भैरहेको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार