रुखबाट लडेर थला परेकी गल्याङकी अमृता गाहालाई कोरिया बाट सहयोग

13
SHARES
107
VIEWS

कार्तिक -१ , रुखबाट लडेर थला परेकी गल्याङकी अमृता गाहा मगरलाई दक्षिण कोरियाबाट प्राप्त भएको आर्थिक सहयोग रकम शनिबार एक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ। गल्याङ नगरपालिका वडा नम्बर ११ निवासी अमृता गाहामगर दुई वर्ष अगाडि खनियाको घाँस काट्ने क्रममा लडेर घाइते भएकी थिइन । उनको कम्मर मुनिको भाग चल्ने अवस्थामा छैन। सामान्य हिँड्डुल गर्न समेत नसक्ने अवस्थामा पुगेकी गाहा मगरलाइ दक्षिण कोरियामा कार्यरत नेपाली दाजुभाइहरुले आर्थिक रकम संकलन गरि नेपाल पठाएका थिए। हाल उनी बसेकै घरमा पुगेर लायन्स क्लब अफ गल्याङ सिटिको समन्वयमा एक कार्यक्रमको आयोजना गरि प्राप्त सहयोग रकम रु १ ,५८, ७७७ प्रदान गरिएको हो। उक्त रकम गल्याङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष महेश भट्टराईले प्रदान गर्नु भएको लायन्स कल्ब अफ गल्याङ सिटिका सचिब एबम् उद्योग वाणिज्य संघ गल्याङका महासचिव कृष्ण प्रसाद भट्टराईले जानकारी दिनु भयो। भट्टराईका अनुसार पूर्णरूपमा अशक्त बनेकी अमृता गाहा मगर हाल वडा नम्बर ७ स्थित माइतीघरमा बस्दै आउनु भएको छ। रोजगारीको शिलशिलामा श्रीमान बिदेश भएको र घरमा दुई जना केटाकेटी मात्र भएकोले उनलाई माइतीमा बस्नु परेको हो। सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष एवम् लायन्स क्लब अफ गल्याङ सिटीका सल्लाहकार महेश भट्टराई , विशिष्ट अतिथि लायन्स क्लब अफ गल्याङ सिटिका सचिब एवम् उद्योग वाणिज्य संघ गल्याङका महासचिव कृष्णप्रसाद भट्टराई रहनुभएका थिए भने कार्यक्रममा सभापति लायन्स क्लब अफ गल्याङ सिटिका अध्यक्ष अर्जुन प्रसाद बस्याल रहनु भएको थियो । उक्त कार्यक्रममा गल्याङ जेसिसका कानुनी सल्लाहकार बिष्णु अधिकारी , समाजसेवी टुकराज पाठक , आलमदेबी मन्दिरका पुजारी च्यामलाल अधिकारी , आलमदेबी आमा समूह तुल्सी भञ्ज्याङ्का सचिव सरिता अधिकारी , न्यु जनतारा युवा क्लबका सल्लाहकार एवम् क्लबका अभियान्ता दुर्गा गाहा लगायत अन्य ब्याक्तित्व हरुकोसमेत उपस्थिती रहेको थियो। कार्यक्रम संचालन पत्रकार एवम गल्याङ पोस्टका सम्पादक टिकाराम अधिकारीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार