सुर्यज्योति आधारभूत बिद्यालयको थप तिने कोठे भवनको शिलान्यास

15
SHARES
127
VIEWS

मिन थापा कार्तिक -१० कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित श्री सुर्य ज्योति आधारभूत बिद्यालयको थप तीन कोठे भवनको शिलान्यास गरिएको छ। बडा दशैको अवसर पारेर कालीगण्डकी गाउँपालिकाका अध्यक्ष द्वारा शिलान्यास गरिएको हो। कालीगण्डकी गाउँपालिका स्याङ्जाका प्रमुख खिम बहादुर थापाको समन्वयमा जिल्ला स्तरीय योजना कार्यनयन इकाई शिक्षा शाखा स्याङ्जाबाट स्वीकृत बजेट र योजना मुताविक कालीगण्डकी गा.पा. ४ खहरे स्थित श्री सुर्य ज्योति आधारभूत विद्यालयको ३ कोठे नयाँ ट्र्ष्ट भवन बन्ने भएको छ।

त्रिचालिस लाख पचास हजार लागतमा सम्पन्न हुन लागेको योजनामा ३ कोठे ट्र्स्ट नयाँ भवन र खानेपानी योजना सम्पन्न गरिने विद्यालयका प्रअ दुर्गा सिं राना मगरले बताउनुभयो।

गत आर्थिक वर्ष २०७६/०७७ अन्तर्गत गा.पा.द्वारा विनियोजित बजेट रु ७,००,०००/- सात लाखमा विद्यालयको नयाँ पक्की शौचालय निर्माण सम्पन्न भइसकेको छ।

०७५/०७६ मा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय मार्फत बिनियोजित योजना अनुसार विद्यालयमा कम्पुटर ल्याव ICT कक्षको समेत स्थापना गरिएको छ। उक्त कार्यमा संजीवनी सामुदायिक पुस्तकालयले समेत गाउँपालिका प्रमुख र शिक्षा शाखा प्रमुखको उपस्थितिमा कम्पुटर र केहि बालमैत्री शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियोे।

साथै गाउँपालिकाको ०७६/०७७ को हरित विद्यालय बाताबरण निर्माण योजना मुताविक विद्यालयमा फुलवारी समेत निर्माण गरिएको छ।

ले. स्वर्गिय गनु रानाको नेतृत्वमा वि.स.२०२२ सालमा कटहरको फेंदबाट सुरुवात भएको विद्यालय स्थानीय बुद्धिजिवी , समाजसेवी तथा शिक्षा प्रेमी स्थानीयहरूको सहयोग र सहभागितामा विभिन्न चरण पार गर्दै हालको अवस्थामा आइपुगेको कुरा विद्यालय प्रमुख दुर्गा सिंङ राना मगरले बताउनुभयो।

विद्यालय प्रमुख दुर्गा सिंङ रानाले भोलिका सन्ततिका सुन्दर भविष्यका लागि स्थानीय रूपमा आफ्नै गाउँसमाजमा समय सापेक्ष आधुनिक शिक्षा र स्वास्थ्यको बलियो भौतिक पुर्वाधार निर्माण गरेमा शिक्षा र स्वास्थ्यको निहुँमा गाउँबाट बसाई सरेर शहर जाने क्रम रोकिने थियोे भन्नुहुँदै स्थानीय बुद्धिजीवी र समाजसेवीको सल्लाह र सहयोगमा आफू यस कार्यक्रममा लागेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार