सुन्दर भण्डारी,कार्तिक-१७।युवा नेता एवम् समाजसेवी हिमाल श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक एवम् खेलकुदका सामाग्री वितरण गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटीका सचिवालय सदस्य एवम् नेकपा रुरुक्षेत्र गाउँपालिकाका पार्टी इन्चार्ज समेत रहेेेका श्रेष्ठले आफू ४७ बर्ष पूरा भई ४८ बर्षमा प्रवेश गरेको शु-अवसरमा रुरुक्षेत्र गाउपालिका भित्रका विभिन्न विद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिधालयलाई खेलकुद सामाग्री उपलब्ध गराएका हुन् ।
पछिल्लो समय जन्मदिनको दिन आफ्नो सस्कार र संस्कृति भुलेर तडकभडक रुपले मनाउने चलन नेपाली समाजमा विकृतिको रुपमा फैलिदै गएको अवस्थामा आफुले केहि फरक ढङ्गले जन्मदिन मनाउने उदेश्य सहित थोरै भएपनि संदेशमुलक काम गर्ने मनासयले शैक्षिक एवम् खेलकुद सामाग्री उपलब्ध गराएको उनले बतााए। आफुले आज वितरण गरेको सामाग्री आफैमा महँगो र ठूलो सामान नभएता पनि पढाइमा लगनशील तर आर्थिक रुपले कमजोर बिद्यार्थीहरुको लागि संदेशमुलक तरिकाले सुरुवात मात्र गरेको उनको भनाई रहेको छ। जन्मदिनको अवसरमा फजुल खर्च गरेर भोजभतेर गर्नुको सट्टा यस्तै कार्य हर कसैले गर्ने हो भने बिद्यार्थीहरुमा पढ्नुपर्छ भन्ने भावनाको विकास हुदै जाने बिश्वास पनि उनले लिएका छन् ।
Discussion about this post