स्याङ्जाकी एक महिला सहित अन्य व्यक्तिहरुलाइ फेसबुक मार्फत ठगी गर्ने एक जना पक्राउ

47
SHARES
390
VIEWS

मङ्सिर -७ स्याङ्जाकी एक महिला सहित अन्य महिलालाई सामाजिक सञ्जाल फेसवुक मार्फत दश लाख अठाईस हजार सात सय रूपैया ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाजुरा जिल्लाका हिमाली गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षिय रुपचन्द्र पाण्डे रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
आफुलाई ठूलो समस्या परेको , विदेशमा ( ब्राजिल) रहेको परिवार गम्भिर विरामी रहेको भनि स्याङ्जाकी एक महिलालालई फेसबुक मार्फत साथी बनाई विश्वास दिलाई तत्काल फिर्ता गर्छुु भनि पटक- पटक गरी रु. १०,२८,७००।- ठगी गरेको अभियोगमा पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवं प्रबक्ता प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनु भयो। आरोपित पाण्डेलाई प्रहरीले बाँँके जिल्लाको नेपालगन्जबाट पक्राउ गरेको हो। आपराधिक विश्वासघात तथा आपराधिक लाभ ( एक्सटर्सन) सम्बन्धी कसूर मुद्धामा मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार