सुमन ढकाल,
माघ-२० काठमाण्डौ। बाल गायक सचिन परियार, बिक्रम क्षेत्री र अस्मिता अधिकारीको आवाजमा “के छ हजुर” बोलको गित मेशना म्युजिकको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ। चर्चित सर्जक एवम् लोक दोहोरी गायक नेत्र अर्यालको शब्दमा रहेको उक्त गितमा रोशन परियारले लय भरेका छन्। गित निकै उत्कृष्ट बन्न सफल भएको छ। बजारमा बाल कलाकारको गायकिपनको चर्चा भैरहदा यो गित पनि धेरै दर्शक स्रोताको मन जित्न सफल भएको छ। भिडियोमा बसन्त ओली , तेजेन्द्र गौतम किरण बिक, अभिषेक बानियाँ क्रिष्मा परियारसंगै अन्य थुप्रै कलाकारहरुको अभिनय रहेको देख्न सकिन्छ। भिडियोमा राजेश घिमिरेको छायांकन तथा विकास ज्ञवालीको सम्पादन रहेको छ भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन्।
भिडियो हेरौ:





















Discussion about this post