श्री कोटाकोट मगर सेवा समाज स्याङ्जा द्वारा मृगौला पिडितलाई रु ९४, ८०० सहयोग रकम प्रदान

837
SHARES
108
VIEWS

श्री कोटाकोट मगर सेवा समाज द्वारा सत्यवती गाउँ पालिका चेहेमी निवासी मृगौला पिडित यामकला सिंजालिको उपचारको लागि संकलित रकम रु ९४,८०० प्रदान गरिएको छ। आज वहाँको बुबा श्री रुद्र बहादुर गाहा लाई उक्त रकम हस्तान्तरण गरिएको हो। कालीगण्डकी गाउँ पालिका वडा नम्बर २ फेदी स्याङ्जामा माइती घर भएकी मृगौला पिडित सिंजालीलाइ श्री कोटाकोट मगर समाज सेवा भित्र आवद्ध रहेका सहयोगी दाताहरुबाट संकलित रकम प्रदान गरिएको जानकारी श्री कोटाकोट मगर सेवा समाजका सचीव एक रानाले बताउनु भयो। मृगौला उपचारको लागि ठूलो रकम लाग्ने भएकोले उक्त रकमले पीडित र पीडितका परिवारलाई आर्थिक राहत पुग्ने अपेक्षा मगर सेवा समाजले गरेको छ। हाल उहाँको डायलाइसिस भैरहेको छ र मृगौला प्रत्यारोपणको लागि तयारी भैरहेको जानकारी श्री कोटाकोट मगर समाजका सचीव रानाले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार