स्याङ्जामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको हुन सक्ने भन्दै कोरोना परिक्षणलाई तीव्रताका साथ अगाडि बढाइएको छ। यसै क्रममा आज स्याङ्जामा एकै पटक ८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित सवै पुतलीबजार नगरपालिकाका स्थानीय सर्वसाधारण रहेका छन् । यो संगै स्याङ्जामा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको आकलन गरिएको छ। कोरोना संक्रमण समुदाय स्तरमा फैलिन सक्ने भन्दै स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।
Discussion about this post