सजिला तारानाथ र उनकाे गाउँले रथ न्यौपाने यात्रु सेवा

33
SHARES
272
VIEWS

कृष्ण अन्जान,रुरु गुल्मी।
गाउँघर मात्र हाेइन घरका अाँगन सम्म सडक पुगेका छन तर भनेकाे बेला सवारी साधन पाइँदैन ।
पक्कि सडकमा त बस जिप ट्रक दगुर्छन तर गाउँ भित्र पुग्न सारै दुख छ ।
दिनकाे एउटा जिप मुस्किलले गाउँ तिर पस्छ कहिले सिट पाइन्छ त कहिले सिटै पाइँदैन ।
मुख्यतया रुरुक्षेत्र गाउँ पालिकाकाे ग्वादि भट्कुवा च्यूरेक याडुँग रिमुवा झमादी लगाएतका भित्रि गाउँ हरुका वासिन्दा हरुलाइ सवारि साधनकाे सहज उपलव्धता छैन ।
गाउँघरका समुदाय मुख्य बजार रिडी भएकाले किनमेल धर्म कर्म अौषधि मुलाे गर्न यहि बजारमा छिमेकका गाउँका वासिन्दा अाउँछन र ती ग्रामीण क्षेत्रका वासिन्दाको सवारि अावागमन लाई सजिलाे हाेस भनेर करिव एक वर्ष देखि रिडी बजार क्षेत्रमा अटाे रेक्सा चलाउने गरिएकाे छ ।
याे क्षेत्रका केही उत्साहि युवाहरुले करिव अाधा दर्जन अटाे रेक्सा सन्चालनमा ल्याएका छन ।यिनै युवा हरु मध्येका तारानाथ न्याैपानेले वैदेशिक राेजगारीबाट फर्केर करिव एक वर्ष देखि अाफ्नै जन्मथलो रिडीमा अटाेरेक्सा चलाउनु हुन्छ ।
करिव २० वर्ष अघिल्लाे चरणमा दुवइ र पछिल्लो चरणमा भारतिय शहर मुम्बई बसेका न्यौपाने ले मुम्बई शहरमा पनि अटाेरेक्सा चलाउनु हुन्थ्यो ।
कति विदेशमा वस्ने भनेर गााउँ फर्के यहाँ अाएर यसाे विचार गर्दा अाफ्नै पुरानाे पेशा गर्न मन लाग्याे र ५ लाखमा नया अटाे किनेर अटाे चलाउन शुरु गरेँ न्याौपानेले भन्नु भयाे ।
शुरुमा सबैले महँगाे भने पनि पछिल्लो चरणमा सबैले लौ भाइ अाउनु पर्याे भनेर फाेन गर्छन गाउँबाट सवारी ल्याउँछु र पुर्याउँछु मैले व्यवसाय सँगै समाज सेवा पनि गरेकाे छु न्यौपाने भन्छन ।
सधै हँसिलाे र फुर्तिलाे रहने तारानाथ न्यौपानेकाे अटाे सबैकाे राेजाइमा छ ।जतिबेला भन्याे त्यतिबेला जहाँ भन्याे त्यहाँ अाउँछन सजिल छन रुरु ३ थानपतिका कृष्ण राज ज्ञवालीले भन्नु भयाे ।
वडा कार्यालयमा विधिवत दर्ता गरि वार्षिक कर समेत तिरेर अटाे चलाउने न्याौपाने लाइसेन्स प्राप्त चालक हुनुहुन्छ ।
लु १ ह २८३४ नम्बरको न्यौपाने यात्रु सेवा नाम राखेर चलाइएकाे अटाेबाट दैनिक दुई हजार सम्म अाम्दानि हुन्छ र यहि अटाेकाे अाएस्ताले वहाँकाे परिवारकाे लालन पालन शिक्षा दिक्षाकाे गर्जाे टर्छ ।
पेट्रोल बाट चल्ने अटाेले प्रति १० किलोमिटरमा एक लिटर पेट्रोल खाने गरेका बताउने तारानाथ न्यौपानेले भन्नु भयाे अटाे भन्दा पनि यसलाई पहाडि रथ भन्दा फरक पर्दैन ।
नजिकका वस्ति हरुबाट अाउने वासिन्दाका प्रिय अटाेचालक तारानाथ न्यौपाने परिश्रम र इमानदारीताका प्रतिमुर्तिकाे रुपमा रुरुक्षेत्रमा स्थापित नाम हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार