रुरुक्षेत्र गाउँपालिकामा अपांगता भएकाहरुलाई परिचयपत्र नविकरण तथा वितरण

18
SHARES
153
VIEWS

चुरामणि तिमिल्सिना
वैशाख -३। गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा शुक्रबार देखि अपांगता परिचय पत्र नवीकरण तथा वितरण कार्यक्रमको शुभारम्भ गरिएको हो।

गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम , उपाध्यक्ष लक्ष्मी देवि पन्थ , स्वास्थ केन्द्रका प्रमुख छत्र बहादुर अधिकारी , स्वास्थ केन्द्रका डा. बिकास पन्थि वडा नम्बर ३ का वडा अध्यक्ष शेष नारायण पौडेल , वडा नम्बर ४ का वडा अध्यक्ष पर्सुराम ज्ञवाली , वडा नम्बर ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवाली , कार्यपालिका सदस्य भगवती बराल , अन्जु केसि सुरक्षा निकाय पत्रकार लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा परिचय पत्र वितरण गर्दै अध्यक्ष गौतमले राज्यले तोकेको मापदण्डमा आफुहरुले परिचय पत्र वितरण गरेको रकसैलाई पनि पक्षपात नगरेको बताउनु भयो। शुक्रबार शिविर वाट ८४ जनाले नबिकरण सेवा लिएको र१३ जनालाइ नया परिचय पत्र प्रदान गरिएको उपाध्यक्ष लक्ष्मी देबि पन्थले बताउनु भयो । शिविर सनिबार रुरु६ रिमुवामा र आइतबार प्राथमिक स्वास्थ केन्द्र रिडीमा आयोजना हुने उपाध्यक्ष पन्थले बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार