कृषिमा रमाउदै सटुका स्याङ्जाका ठाकुर पाण्डे

35
SHARES
288
VIEWS

मीन थापा
वैशाख -४।स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ३, सटुकामा एक युवा कृषि पेशामा रमाउनुभएको छ ।

लाउँला र खाउँला उमेरमा साथीहरूसँग घुमघाम गरेर जिन्दगी विताउन चाहने युवाहरूका लागि उदाहरण बनेका युवा उत्तरबाहिनी कृषि फर्म स्याङ्जाका प्रोपाइटर ठाकुर पाण्डे हुन्।

उसो त कृषिमा लाग्नुभएका पाण्डेलाई पनि विदेश जाने रहर नजागेको होइन । युरोपको भिसा त्यागेका पाण्डे विगत २ वर्ष देखि कृषि तथा कुखुरापालन पेशामा लाग्नुभएको हो ।

हाल उत्तरबाहिनी कृषि फर्मका संचालक पाण्डेको फर्ममा एक हजार बढी बेमाैसमी लोकल काउलीका बोट तयारी अवस्थामा छन् । साथै लोकल कुखुरा पनि तयारी अवस्थामा छन् ।

कृषिमा रमाएका युवा पाण्डेले प्राविधिक रूपमा मात्रै नभएर आर्थिक रूपमा पनि सरोकारवाला निकायले आवश्यक सरसल्लाह तथा अनुदानका लागि पहल गरेमा आफूलाई सहज हुने बताउनुभएको छ ।

हाल स्थानीय बजार , रानीमहलमा खुलेका रेस्टुरेन्ट र पाल्पाको तानसेन बजार आफ्नो उत्पादनको बजार रहेको पनि पाण्डेले बताउनुभएको छ ।

स्थानीय हुँदै प्रदेश तथा संघीय सरकारले देखेको सुखी नेपाली – समृद्व नेपालको सपना पुरा गर्नको लागि पक्कै पनि पाण्डे जस्तै युवाहरूलाई प्राथमिकतामा राख्दै प्रोत्साहित गरेमा साँच्चिकै सुखी नेपाल र समृद्व नेपाल बन्नेमा शंका छैन ।

साथै सेवाका लागि उत्तरबाहिनी कृषि फर्म कालीगण्डकी ३ सटुका स्याङ्जाका प्रोपाइटर पाण्डेलाई संपर्क गर्न सक्नुहुनेछ।

संपर्क : ९८५७०४५१४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार