आगलागी पीडित तुल बहादुर सोमैलाई पुनः सहयोग

67
SHARES
562
VIEWS

वैशाख -८
गत २८ गते आगलागीमा परि सर्वस्व गुमाएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ बर्तुङ निवासी तुल बहादुर सोमै परिवारलाई आर्थिक एवम् खाद्यान्न सहयोग प्राप्त भएको छ। बनमा लागेको आगोले एक्कासि सोमै परिवारको घरगोठमा टिपेर घरमा रहेका लत्ताकपडा , खाद्यान्न , भाडावर्तन , महत्त्वपूर्ण कागजात र नगद जलेर नष्ट भएको थियो।

आगलागीका कारण ठूलो आर्थिक र मानसिक तनावमा परेका सोमै परिवारको अवस्थाबारे निजका भान्जा नर बहादुर आले मगरको पहलमा कालीगण्डकी पोष्ट डटकमको फेसबुक पेजमा भिडियो अपडेट गरिएको थियो। उक्त भिडियो प्रसारण भए पछि सहयोग आउने क्रम जारी रहेको छ।

यसै क्रममा पुर्ख्यौली घर कालीगण्डकी गाउँपालिका भइ हाल तिलोतमा नगरपालिका वडा नम्बर १३ करौजियामा बसोबास गर्दै आउनु भएका करौजिया टोल विकास संस्थाका उपाध्यक्ष श्री नेत्र लाल आले मगर , ओम बहादुर राना ,गगन सोमै र हेमन सोमै मगरको संयुक्त नेतृत्वमा टोल वासीहरुबाट संकलित रकम रु ३८, १९० पीडित सोमैलाई हस्तान्तरण गरिएको छ।

यस्तै गरि आगलागी पीडित सोमै परिवारलाई बाणगंगा नगरपालिका वडा नम्बर १० धरमपुरमा अवस्थित आमा समूहद्वारा रु २,९२० सहयोग समेत हस्तान्तरण गरिएको छ।

तपाईं हरुले पनि थप सहयोग गर्न चाहनुहुन्छ भने तुल बहादुर सोमैका भान्जा नर बहादुर आले मगरको गरिमा विकास बैंकमा रहेको खाता नम्बरमा सक्दो रकम जम्मा गर्न सक्नु हुने छ।
खाता नम्बर :- 00601900682638000001
खाताको नाम : Nar Bahadur Ale
फोन नम्बर :-9847566350
देवि लाल सोमै सम्पर्क फोन नम्बर : 9866559380
सक्दो सहयोग गरिए पश्चात् हामीलाई जानकारी गराउनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार