राजन भट्टराई, वैशाख १७ २०७८
चापाकोट : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्लाको सदरमुकाम पुतलीबजारबाट शरु गरेको तपाईको माक्स खोई ? भने कार्यक्रम स्याङ्जाका विभिन्न ठाउँहरुमा गरिदै आएको छ र आज स्याङ्जाको चापाकोट नगरपालिका वडा न. ८ दामाचौरमा रहेको अस्थायी प्रहरी विट दामाचौरले बजार क्षेत्रमा पनि तपाईको माक्स खोइ ? भन्ने कार्यक्रम चलाएको हो । दोस्रो लहरको कोरोना संक्रमण बढ्दो रुपमा नेपालका विभिन्न जिल्लामा देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले स्याङ्जाका विभिन्न बजार क्षेत्र र सडकहरुमा नै पुगेर यस्तो कार्यक्रम चलाएको हो।
सडकमा गुड्ने सवारी साधन, पैदल यात्रु र बजार क्षेत्रका सर्वसाधारणलाई तपाइको माक्स खोइ ? भन्ने कार्यक्रम मार्फत सचेतना सहित केही माक्स सेनिटाइजर वितरण गरेको अस्थायी प्रहरी विटका इनचार्ज दिपक पाण्डेले बताए । । पैदल यात्रा गर्दा होस वा सवारी साधनमा यात्रा गर्दा होस अनिवार्य माक्स प्रयोग गर्न सर्वसाधरणलाई प्रहरीले अनुरोध गरेको छ । कोरोना संक्रमित हुनबाट बचौ, अरुलाई पनि बचाउ भन्ने नारा सहित प्रहरीले सर्वसाधरणलाई सचेत गराएको छ ।
लुम्बिनी प्रदेशको सिमा नाकामा रहेको स्याङ्जा पहिलो चरणमा पनि निकै जोखिम रहेको थियो । दोस्रो लहरको कोरोना संक्रमणबाट पनि स्याङ्जा उच्च जोखिममा हुन सक्ने भन्दै प्रहरीले पहिलो चरण माक्स लगाउन र सेनिटाईजरको प्रयोग गर्न सचेत गराएको बताइएको छ । हाल सम्म स्याङ्जामा करिव ७६ जना संक्रमित भइसकेका छन् भने १८ जनाको निधन भइसकेको छ । स्वास्थ्यका मापदण्ड अपनाउदै स्याङ्जावासीलाई सुरक्षित राख्न प्रहरी खेलेको भुमिका महत्वपूर्ण रहेको स्थानीयले बताएका छन् ।
Discussion about this post