कार्यालयका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले आइतबारबाट नियमित सेवा दिने जनाएको छ ।
संक्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि नियमित सेवा दिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै मतदाता नामवली सङ्कलनको कार्य समेत नियमित हुने जनाएको छ ।
सेवाग्राहीले सेवा लिन आउदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने तथा कोभिड-१९ विरुद्धको खोपकार्ड, प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिएर आउनुपर्नेछ बताएको छ ।
कार्यालयका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि गत माघ १४ गतेदेखि प्रशासनले स्वास्थ्य सर्तकता अपनाउँदै सेवा स्थगित गरेको थियो ।
Discussion about this post