वालिङ नगरपालिकाका थप १० जनामा कोरोना संक्रमणको पुष्टि

34
SHARES
280
VIEWS

वैशाख -१७।
स्याङ्जाको वालिङ नगरपालिकामा एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
अज संक्रमणको पुष्टि हुने हरुमा वडा नम्बर १ का ५० वर्षीया महिला, वडा नम्बर ८ का ३३ र ५० वर्षका पुरुष , वडा नम्बर ९ का ३६, ६८ , २१ र ३१ वर्षका पुरुष , वडा नम्बर १० का ४३ वर्षकी महिला र ६४ वर्षका पुरुष रहेका छन् ।

नगरपालिकाको गह्रौ प्रथमिक अस्पतालमा आज लक्षण सहितका र कन्ट्याक्ट् ट्रेसिङमा परेका २० जनाको एन्टिजेन बिधि मार्फत परिक्षण गर्दा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनु भयो।

वालिङ नगरपालिकाले गत वैशाख ७ गतेबाट गह्रौ प्रथमिक अस्पतालमा दैनिक एन्टिजेन विधि मार्फत कोरोनाको परिक्षण गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार