पाल्पामा चट्याङ लागेर एकको मृत्यु : दुई घाइते

31
SHARES
261
VIEWS

वैशाख १९।
पाल्पामा शनिबार चन्ट्याङले लागेर एक जनाको मृत्यु भएको छ। चट्याङले लागेर मृत्यु हुनेमा तिनाउ गाउँपालिका वडा नम्बर १ कचल मुहान बस्ने १६ वर्षका प्रेम बहादुर बगाले रह्र्का छन् ।

जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार आफ्नै घरमा बसिरहेको बेला चट्याङ लागि घाइते भएका प्रेम बहदुर बगालेलाई उपचारका लागि पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकोमा ११:३० बजे समयमा उनको मृत्यु भएको थियो।

यस्तै गरि चट्याङ लागेर अन्य दुई जना पनि घाइते भएको सूचना अधिकारी पचभैयाले जानकारी दिनु यो। चट्याङ लागि घाइते हुने हरुमा सोही स्थान बस्ने इन्दिरा उचाई र रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ बस्ने रामु गाहा मगर रहेका छन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको समेत प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार