आइत, अशोज ३, २०७८
आइत, अशोज ३, २०७८

पाल्पामा सवारी दुर्घटना हुँदा स्याङ्जाका ३ सहित ६ जना घाइते

वैशाख -२६
पाल्पामा आज बेलुका भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

बेलुका ५ बजेको समयमा तिनाउ गाउँपालिका ३ झुम्सा स्थित सिदार्थ राजमार्गमा पाल्पाबाट बुटवल तर्फ आउदै गरेको लु १ झ ५४२ नम्बरको जिप र बिपरित दिशाबाट जाँदै गरेको लु १ ज ३५७९ नम्बरको ट्याक्सी एक आपसमा ठक्कर खादा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनु भयो।

दुर्घटनामा परि घाइते हुने हरुमा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ अर्घाखाँचीका ४७ वर्षका लुम बिक्रम शाह , इस्मा गाउँपालिका वडा नम्बर ४ गुल्मीका ३० वर्षका कृष्ण बहादुर कुँवर , छ्याङ्छ्याडी स्याङ्जाका ५७ वर्षका समर थापा , बिहादी गाउँपालिका वडा नम्बर ३ पर्बतका ३२ वर्षका राम प्रसाद अधिकारी , भिरकोट नगरपालिका वडा नम्बर ९ स्याङ्जाका ३० वर्षका चार जन सुनार र वालिङ नगरपालिका वडा नम्बर १४ स्याङ्जाका २१ वर्षका केशव सार्की रहेका छन् । घाइतेहरु मध्ये गुल्मीका कृष्ण बहादुर कुँवरको अवस्था गम्भीर रहेको सूचना अधिकारी पचभैयाले जानकारी दिनु भयो।

घाइते सवैको बुटवलमा उपचार भैरहेको र दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार