आवश्यक जग्गा र विज्ञ कर्मचारिकाे अभावमा जुद्धै नेपालकै एकमात्र कफि अनुसन्धान केन्द्र

30
SHARES
253
VIEWS

कृष्ण अन्जान
वैशाख -२८ । नेपालकै एकमात्र कफि अनुसन्धान कार्यक्रम आवश्यक विज्ञ र जग्गाको अभावा जुधिरहेकाे छ ।

बिक्रम सम्बत २०७१ साल वैशाख ३ गते तत्कालीन मुख्य सचिव लिलामणी पौडेलले कफिकाे बाेट लगाइ उद्घाटन गर्नु भएकाे याे कफि अनुसन्धान कार्यक्रमकले सात वर्ष पुरा गरेकाे छ ।
नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा बलेटक्सार ४ काे भण्डारी डाँडालाई कफि अनुसन्धान कार्यक्रमका लागि उपयुक्त ठाउँकाे रुपमा छनौट गरि कार्यालय समेत स्थापना गरेकाे छ तर याे अनुसन्धान केन्द्र जग्गाकाे अभाव सँगै दरबन्दी कायम हुँदा-हुँदै पनि विज्ञ कर्मचारी कृषि अनुसन्धान परिषद नार्कले पठाउन नसक्दा भने जति काम नभएकाे यश कफि अनुसन्धान कार्यक्रम का प्रमुख वरिष्ठ बैज्ञानिक कृष्ण थापा बताउनु हुन्छ ।

यति बेला कफि अनुसन्धान कार्यक्रम संग जम्मा एक सय राेपनि जग्गा छ ।
उत्तर तिर पचास राेपनि र दक्षिण तिर पचास राेपनि जग्गा रहेकाे कफि अनुसन्धान कार्यक्रमका लागि २ सय राेपनि जग्गा आवश्यक छ तर जग्गा एक सय राेपनिमा मात्र याे कार्यक्रम सिमित छ ।

कफि अनुसन्धान कार्यक्रमका निर्माण भएका सँरचना हरुले पचास राेपनि जग्गा ओगटेकाे छ भने बाँकी पचास राेपनि जग्गा कफिकाे नर्सरी ब्लकका लागि अत्यन्तै कम भएकाे प्रमुख थापाले बताउनु भयाे ।

कफि अनुसन्धान कार्यक्रमका लागि व्यवस्थापन गरिएकाे जग्गा खण्डिकृत छ । उत्तर र दक्षिण तर्फकाे जग्गाकाे बिचमा करिब चौविस राेपनि जग्गा खालि छ तर याे जग्गा २०५५ सालमा सुकुम्बासी समस्या समाधान आयाेगले सुकुम्बासी हरुलाई लालपुर्जा सहित वितरण गरिएकाे देखिन्छ तर अहिले सम्म यहाँ एक घर पनि सुकुम्बासी हरु आएर बसेकाे पाइँदैन ।

आयाेगले वितरण गरेकाे जग्गा निश्चित अवधि सम्म भाेग चलन नगरे के हुने या सरकारी जग्गामा परिणत हुने याे प्रावधान बारे काेहि जानकार छैन ।
रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतमले याे जग्गाकाे विषयमा बुझेर यदि मिल्ने भए कफि अनुसन्धान कार्यक्रमलाई दिने व्यवस्था गर्न सकिने मौखिक रुपमा बताउनु भए पनि प्रकृयाकाे थालनि भने भएकाे छैन ।
अर्काे तर्फ कफि अनुसन्धान कार्यक्रमले विज्ञ कर्मचारीकाे अभाव खेपि रहेकाे छ।

कार्यक्रमका लागि वागवानि विज्ञ ,वालिराेग विज्ञ , वालि प्रजनन विज्ञ ,माटाे विज्ञ र कीट विज्ञ आवश्यक छ ।
तर यति बेला माटाे विज्ञका रुपमा वरिष्ठ बैज्ञानिक कृष्ण थापा र कीट विज्ञकाे रुपमा शमशेर बस्नेत मात्र रहनु भएकाे मा कार्यालय प्रमुख कृष्ण थापा अनिवार्य अवकासमा जाने भएपछि नयाँ काे आउने हाे टुँगाे समेत लागेकाे छैन ।

गुल्मेली कफिकाे इतिहासले करिव बयासी बर्ष पूरा गरेकाे छ । बिक्रम सम्बत १९९५ सालमा आँपचौरका हिरा गिरीले बर्माबाट फर्किँदा केही कफिका बीउ ल्याएर राेपेपछि यस्काे व्यवसायीक खेति शुरु भयाे । यिनै बयासी बर्षमा यहि आँपचौरबाट शुरुवात भएकाे कफि देशै भरि फैलियाे । कुनै समयमा वार्षिक ५५ टन कफि उत्पादन भएकाेमा बिक्रम सम्बत २०६७/०६८ मा आइ पुग्दा वार्षिक २५ टनमा गुल्मेली कफिकाे उत्पादन झर्याे । याे अवस्थामा झरेकाे कफि उत्पादनलाई बढाउन गुल्मेली अभियन्ता लागि परे र यसैकाे फल स्वरुप कफि अनुसन्धान कार्यक्रमकाे कार्यालय स्थापना भइ कफिमा लाग्ने सेताे गवाराे सिन्दुरे राेगकाे राेकथामका साथै उन्नत जातकाे कफि नर्सरीबाट कफिका बिरुवा उत्पादनकाे काम र रिसर्च समेत भइरहेकाे छ ।

अहिले सम्म आठहजार भन्दा बढिले याे केन्द्र अवलाेकन गरेका छन र जस्मा प्रशासक साँसद मन्त्री राजनैतिक दलका नेता गण सञ्चारकर्मी स्थानिय तहका प्रतिनिधि विदेशि कुटनैतिक निकायका प्रतिनिधि र महामहिम राजदुत समेत छन ।

कफि अनुसन्धानका क्षेत्रमा काम गरिरहेकाे याे कफि अनुसन्धान केन्द्र १० वर्ष मा एसियन स्टानडर्ड काे र ५० वर्ष मा युराेप अमेरिकाकाे स्ट्यान्डर्डकाे अनुसन्धान केन्द्र बनाउने लक्षका साथ अगाडि बढ्दै गर्दा जग्गा र विज्ञ कर्मचारीकाे अभाव संग जुधि रहनु एउटा विडम्बना बाहेक अरु के हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार