रुरुमा भ्रष्टाचार विरुद्धको एक दिने सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न

15
SHARES
121
VIEWS

चुरामणि तिमिल्सिना
चैत -१२
संस्कृत तथा साधरण मावि रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीमा एक दिने सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

भ्रष्टाचार नियन्त्रण र प्रबर्द्धन सम्बन्धि कार्यक्रम आयोजना गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय बुटवलको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो।

आयोगको कार्यलय बुटवलकाका प्रमुख रमेश ढकालको अध्यक्षतामा रहेको कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य फर्सुराम ज्ञवाली , वडा सचिव राम प्रसाद ज्ञवाली , शिक्षक-अभिभावक संघका अध्यक्ष परमानन्द ज्ञवाली , बिद्यालयका प्रधानाध्यापक भोजराज गौतम , रुरुक्षेत्र गाउँपालिकाका शिक्षा शाखाका प्राबिधिक तेज बहादुर कुमाल , लगायतको सहभागीता रहेको थियो।

कार्यक्रममा पत्रकार ,बिद्यार्थी , शिक्षक कर्मचारी, समितिका पदाधिकारीहरुलाई आयोगको काम कर्तव्य, अधिकारका बिषयमा जानकारी गराइएको थियो।

अयोगको कार्यलय बुटवलका शाखाका अधिकृत सुरेश भुसालले कार्यक्रम माथि प्रकाश पार्दै प्राय गरि बिद्यालय, सामाजिक संघ- सस्था , दिवा खाजा, कार्यक्रम सरुवा गर्दा भवन निर्माणको अनिमियतता, प्रयोगशाला निर्माण, जस्ता स्थानिय तहमा दिन प्रति दिन जस्ता भ्रष्टचार नियन्त्रण गर्नको लागि आफ्नो कार्यलयले नियामित कार्यक्रमलाई अगाडी बढाइरहेको प्रष्ट पार्नु भयो ।

समापन शत्रमा कार्यक्रमका अध्यक्ष प्रमुख ढकालले बिद्यार्थी तथा अभिभावकले राख्नु भएको जिज्ञासाको उत्तर दिनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार