गल्याङ नगरपालिका द्वारा पहिरो पीडित परिवारलाई राहत स्वरुप एक लाख प्रदान

99
SHARES
106
VIEWS


गल्याङ नगरपालिका वडा नम्बर दश गाउँसौरामा पहिरोका कारण निधन भएकी मायाकुमारी सारुको परिवारलाई नगरपालिकाको तर्फबाट रु. १ लाख प्रदान गरिएको छ। पहिरोमा परि मायाकुमारी सारुको मृत्यु भएको थियो। १२ औं दिनको पुण्य तिथिमा आइतबार गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । मृतकका श्रीमान तथा छोरीलाई रकम हस्तान्तरण गर्दै नगरप्रमुख अधिकारीले नगरपालिका सधैं नगरवासीको साथमा रहेको बताउनुभयो । उहाँले प्रकृतिले विपदको अवस्था सिर्जना गरेको भन्दै यसलाई रोक्न नसकिए पनि पिडालाई कम गर्न नगरपालिका प्रतिबद्व रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार