प्रिय रेसुङ्गा”
हिडेपनि तिम्रो उचाईमा थकान भेटिदैन् ,
दिनहुँ हेरू तिम्रो मुहार झल्को मेटिदैन् ।
मानिस स्वर्ग स्वर्ग भन्छन् तिमी जस्तो स्वर्गदूत यहाँ कुन छ,
तिम्रो सेरोफेरो कथा जस्तो हेर्दापनि मन आन्नद हुन्छ ॥
तिमी यसरी पल्टिएको पाना हौँ जहाँ चित्र होइन छ विचित्र,
सुन्दरताको धनि तिमी मनै लोभ्याउने कला छ तिमी भित्र ।
सयौंलाई बाँधेको छौं अंगालोमा नाम तिम्रो एउटा,
तिमीलाई देख्दा नै शिर निहुरिन्छ कसरी ढोगु देउता ॥
तिमी हाम्रो गौरव तिमी हाम्रो मान अनि जिउँदो सान,
आस्थाको बिऊ जगायौं तिमीले पुण्य कमाउन गर्दैछन् दान ।
सुन्नमा आउँछ तिम्रो कोखामा बसेका थिए पुर्खा,
तिम्रो चाहानाले उब्जायो मनमा ”जाऊ हिडँ रेसुङ्गा” ॥
✍️बिमला पान्डे
Discussion about this post