स्याङ्जाको आलमदेवी मन्दिर भोलि देखि १६ गते देखि बन्द

69
SHARES
578
VIEWS

वैशाख -१५
स्याङ्जाको आलमदेवी मन्दिरमा भोलिबाट दैनिक नित्य पुजा बाहेक बन्द रहने भएको छ। कालीगण्डकी गाउँपालिकामा पनि दोस्रो चरणको कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै सर्वसाधारणका लागि पुजाआजा एवम् दर्शनका लागि बन्द गरिएको आलम देवी मन्दिर पुजा व्यवस्थापन समितिले जनाएको छ।
कालीगण्डकी गाउँपालिकाले धार्मिक स्थलमा आवतजावत रोक्न आग्रह गरे पश्चात् भोलि देखि अर्को आदेश नभए सम्म सर्वसाधारणका लागि पुजाआजा तथा दर्शनका लागि मन्दिर बन्द गरिएको आलमदेवी मन्दिर पुजा व्यवस्थापनका सचिब प्रथ थापा मगरले जानकारी दिनु भयो।

नेपालमा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले देशभरका बिद्यालय बन्द गरेको छ भने संक्रमितहरुको सङ्ख्या उच्च रहेको स्थानमा निषेधाज्ञा एवम् लकडाउन समेत गरेको छ।

सच्याइएको : आलमदेवी मन्दिरमा पुजाका लागि भोलि १६ गतेबाट बन्द हुने कुरा सच्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार