मीन थापा
चैत -२४। कालीगण्डकी गाउँपालिका – ४ गहलाम निवासी विजय गौतमले आफ्नो र छोरी रेखा गौतमको जन्म दिनको अवसरमा संजीवनी सामुदायिक पुस्तकालयलाई आर्थिक सहयोग गर्नु भएको छ ।
गौतमले ५२ औं जन्मदिनको अवसरमा कालीगण्डकी गाउँपालिका – ३ निरामसिलमा स्थापना भएको सामुदायिक पुस्तकालयलाई रु १०,१५१ /- रुपैयाँँ आर्थिक सहयोग गर्नुभएको हो ।
वि सं २०७५ साल मंसिरमा स्थापना भएको पुस्तकालयमा सोही आर्थिक वर्ष सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराबाट ICT कक्ष तथा पुस्तकालयको स्तरउन्नतीको लागि बजेट विनियोजन भएको थियोे ।
गत वर्ष पुस्तकालयले १५ जनालाई आधारभूत कम्पुटर तालिम प्रदान गरेको थियोे ।
हाल पुस्तकालयमा विभिन्न प्रकाशक र स्टेसनरी व्यावसायी तथा व्यक्तिहरूबाट सहयोग स्वरूप प्राप्त विभिन्न विधाका दुई हजार बढी पुस्तक रहेका छन् ।
Discussion about this post